140 Free Heart Screening Health Camp
May 09 2026

140 Free Heart Screening Health Camp

पर्बतको जलजलामा ७५० जनाको नि:शुल्क मुटु तथा मृगौला परिक्षण स्वास्थ्य शिविर !!!
मिति : २०८३ बैशाख २६ गते शनिबार
मुटु जोगाउँ, काठमाण्डौ तथा जलजला गाउँपालिका, पर्बतको आयोजनामा एक दिने नि:शुल्क  मुटु तथा मृगौला परिक्षण स्वास्थ्य शिविर भव्यताको साथमा सम्पन्न भएकोछ यस नि:शुल्क शिविरमा सो गाउँपालिकाका बासिन्दा लगाएत छिमेकी जिल्ला म्याग्दी तथा बाग्लुङका ७५० जनाले नि:शुल्क सेवा लिएको जानकारी मुटु जोगाउँ संस्थाका महासचिव शेर बहादुर रानाले जाकारी दिनु भयो महासचिवले   सो शिविरमा ४६७ जनाको ई.सी.जी., २६३ जनाको ईकोकार्डियोग्राफी तथा करिब सातलाख पचास हजार बराबरको नि:शुल्क औषधी समेत बितरण गरिएको जानकारी दिनु भयो ।
यस शिविरमा त्रि.वि.शिक्षण अस्पतालका बरिष्ठ मृगौलारोग बिशेषज्ञ प्रा.डा.दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. अभिषेक मास्केले मृगौलारोगको परिक्षण गर्नु भएको थियो प्रा.डा. दिव्या सिंह शाहका अनुसार लगभग ६५ जनामा मृगौलाको समस्या देखिएको थियो ।
त्यस्तै सो शिविरमा त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, अस्पतालका कार्यकारी निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेल, सीटिभीएस डिपार्टमेन्ट हेड बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा.अनिल भट्टराई, उप-प्रा. डा. प्रभात खाकुरेल, उप-प्रा.डा.सूर्य देवकोटा, डा. युना श्रेष्ठ, डा. मदन ज्ञवाली, डा. सुदिप पराजुली तथा मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. प्रतिकमणि गजुरेलको उपस्थिति रहको थियो प्रा.डा.अनिल भट्टराईले १७ जना जटिल मुटुरोगको समस्या देखिएको हुँदा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिनु भयो ।
जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यज्यूले स्वागत गर्नु भएको थियो प्रमूख प्रशासकीय खगराज गौतमज्यूले गाउँपालिकाको बासिन्दाहरुलाई लक्षित गरि यो शिविर आयोजना गरिएको भएता पनि अन्य जिल्ला समेतका बासिन्दाले सेवा पाएकोमा यो शिविर अत्यन्त फलदायी रहेको मन्तव्य मार्फत भन्नु भयो । गाउँपालिकाका अध्यक्षज्यूले शिविर भव्यताको साथ् सम्पन्न गर्न सहयोग गर्ने मुटु जोगाउँ संस्था, त्रि.वि.शिक्षण अस्पताल, मणिपाल अस्पताल पोखरा, नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर, काठमाण्डौ, बाट पाल्नु हुने सम्पूर्ण टिम  तथा औषधी उपलब्ध गराउने सम्पूर्ण औषधी कम्पनिहरुलाई समेत बिशेष धन्यबाद सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।
 
 

Latest Photos

What Others Say

Latest Videos

">