जाडोमा हृदयाघातको जोखिम बढी, बच्‍ने कसरी?
Jan 15 2018

जाडोमा हृदयाघातको जोखिम बढी, बच्‍ने कसरी?

काठमाडौं : गर्मीमा भन्दा जाडोमा मानिसलाई हृदयाघात बढी हुने गरेको छ। त्यसैले जाडोमा स्वास्थ्यमा अझ सजग हुन आवश्यक छ।  जाडो मौसममा चिसोले रक्त नलीहरु खुम्चन्छ। खाना धेरै रुचि हुने र धेरै खाइन्छ। यसले शरीरमा मोटोपना र आलस्यपन बढाउँछ। जाडोकै कारण शारीरिक अभ्यास कम हुन्छ। यसबाट रगतमा कोलोस्टेरोलको मात्र बढ्ने गर्दछ। त्यसैले जाडोलाई हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ।
त्यस्तो जोखिमबाट बच्‍न सुगर तथा कोलेस्टेरोललाई नियन्त्रणमा राख्नु पर्छ। अल्कोहल र धूम्रपान सेवन गर्नु हुँदैन। चुरोटमा हुने निकोटिनले मुटुमा रहेका स-साना नशाहरुलाई खुम्च्याउँने भएकाले चुरोट सेवन गर्नेहरुमा हृदयघातको जोखिम उच्च हुन्छ।  नियमित उच्चरक्तचापको औषधि सेवन गरेका, कोलेस्टेरोल सम्बन्धी  समस्या भएका व्यक्ति र मधुमेहका विरामीहरुले जाडोमा विशेष सवाधानी अपनाउनु पर्छ। विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ। चिसो मौसममा फोक्सो सम्बन्धी सीओपीडीका बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ। मुटु रोगमा पुराना विरामीले जाडोमा आफ्नो खानपान र जीवनशैलीलाई झनै ध्यान दिएर सावधानी अपनाउनुपर्छ।

जाडोमा पहिले मटुरोग लागेर अहिले ठीक भएकाहरुले समेत आफूलाई चिसोबाट जोगिनु पर्ने बताउँछन् मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई। डा‍. भट्टराईका अनुसार

चिसोमा मुटुरोगीले ध्यान दिनुपर्ने ६ कुरा:  
 - सकेसम्म विहान घर बाहिर ननिस्कने। चिसो हावा लागेको बेला खुला स्थानमा ननिस्कने।
- धुम्रपान नगर्ने। चुरोट तान्दा धुवासँगै चिसो हावा पनि भित्र जाने हुँदा यसले सोझै मुटुमा असर गर्नसक्छ। त्यसले हृदयाघातको जोखिम बढ्छ।
- विहानै उठेर खालिपेटमा चिसो पानी पनि नखाने। मनतातो पानी खाने।
- कार्बोहाइड्रेड भएको खानेकुरा कम खाने। जाडोमा धेरै खाना रुच्ने हुन्छ, जसले गर्दा शरीरमा मोटोपना बढाइदिन्छ र हृदयाघातको जोखिम बढ्छ। त्यसैले कार्बोहाइड्रेड भएको खाना कम खानु पर्छ।
- माछामासु कम खाने। फलफूल हरियो तरकारी र सलाद बढी खाने।
- शरीरलाई न्यानो राख्ने, आफू बस्ने कोठालाई न्यानो राख्ने र एक्कासी धेरै चिसोमा ननिस्कने।

Latest Photos

What Others Say

Latest Videos

">